News Portal

मानव अधिकार तथा शान्ति समाजको इलाम शाखा गठन, सभापतिमा तीर्थ निरौला चयन

रातोपोस्ट संवाददाता
१९९ पटक

इलाम, २८ माघ । मानव अधिकार तथा शान्ति समाजको इलाम शाखा गठन भएको छ । जिल्ला समन्वय समितिको कार्यालयको सभाहल इलाममा आयोजित अधिकारकर्मीहरुको भेलाले तीर्थ निरौलाको सभापतित्वमा इलाम शाखा गठन गरिएको हो ।

समितिको उपसभापतिमा अम्बिका चौहान, सचिवमा अनुजा काफ्ले, सहसचिव सोनु मुखिया र कोषाध्यक्षमा दुर्गाराज देवान चयन भएका छन । त्यस्तै कार्यसमिति सदस्यहरुमा पार्वर्ती श्रेष्ठ, सारदा चौहान, कुसुम दाहाल, उत्तम पौडेल, राधिका भट्टराई, लक्ष्मण दुलाल, लिला खत्री, गिता आचार्य, भास्कर पोखरेल र सविना ल्वागुन चयन भएका हुन ।

समाजका केन्द्रीय सभापति रामकृष्ण बराल सहित पुर्व केन्द्रीय सभापति उत्तम पुडासैनी, निवर्तमान केन्द्रीय सभापति गोबिन्द खनाल, केन्द्रीय सचिव लक्ष्मी नारायण मिश्रले समाजको संस्थागत संरचना, निति, विधि र संस्कारको बारेमा जानकारी गराएका थिए । इलाम शाखााका सभापति निरौलाले संस्थालाई मानव अधिकार र जैविक विभिदता संरक्षणका अभियानमा केन्द्रीत गरेर अगाडी बढाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा समाजका झापा शाखाका सभापति शुसिला रिजाल, काठमाण्डौ शाखाका सभापति भगवान पुडासैनी, झापाका पुर्व सभापतिहरु महेन्द्र विलाश लुइटेल, लिला प्रसाद भण्डारी, झापा शाखाका सहसचिव ज्ञानु थापा, पत्रकार महासंघ इलामका अध्यक्ष बिप्लव भट्टराई, उपाध्यक्ष सुनिता राई, इलाम उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर चिपालु लगायतको उपस्थिति रहेको थियो ।

मानव अधिकार तथा शान्ति समाजका इलाममा २६ जना साधारण सदस्य रहेकाे नवगठित शाखा सचिव अनुजा काफ्लेले बताइन् । ५० भन्दा बढी विभिन्न संघ संस्थाका प्रतिनिधि र अधिकारकर्मीहरुको सहभागिता रहेको कार्यक्रम समाजका केन्द्रीय सदस्य ज्ञानेन्द्र निरौलाले सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्