News Portal

आज बिर्तामोडमा जनवादी सांगीतिक कार्यक्रम हुँदै

रातोपोस्ट संवाददाता
२०० पटक

झापा, २३ चैत । ‘राष्ट्रका लागि संगीत अभियात्रा’ अभियान अन्तरगत बिर्तामोडमा आज सांगीतिक कार्यक्रम हुँदै छ । आज बिर्तामोडकाे सिटि सेन्टर स्थित साई पार्टि प्यालेसमा दिउँसो २ बजेदेखि साँगितिक कार्यक्रम हुने आयाेजकका सदस्य सुमन सिहले बताए । सांगीतिक कार्यक्रमको प्रवेश भने निःशुल्क रहेको छ।

जनताको पक्षमा राज्यसत्ता नहुँदा जनताका कलाकारहरु बेवास्ताको शिकार हुनु परेकोले अब जनताले नै कलाकारको पक्षमा उचित निर्णय गर्ने दिन आएको अभियानका सदस्य मणि थापाले बताए ।

अभियात्राको टोलीमा २० जना कलाकारको सहभागिता रहेकाे छ । अभियानमा वरिष्ठ जनवादी कलाकार जीवन शर्मा, गायक शर्मा, मणि थापा, उदय श्रेष्ठ,चिरण पुन, माधव प्रधान लगायतका ख्यातिप्राप्त कलाकारको आयोजनामा राष्ट्रका लागि संगीत अभियात्रा हुने भएकाे हाे । गत चैत ४ गते धनगढीबाट सुरु भएको अभियात्रा बैशाख ५ गते काठमाडौंको प्रज्ञा भवनमा पुगेर समापन हुने टोलीका सदस्य तथा कलाकार चिरणले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्