रातोपोस्ट संवाददाता
झापा, १२ बैशाख । झापाको कन्काई सिँचाई आयोजनाको नहरमा डुबेर एक बृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा-७ बस्ने ७७ वर्षिय जुल्फे राई रहेका छन् । हिजो साँझ ५ बजेको समयमा शिवसताक्षी- ६ धौले चोकस्थित कन्काई सिंचाई आयोजनाको नहरमा चौकीदारले जाली सफा गर्ने क्रममा शव फेला परेको थियो ।
तत्काल नाम थर नखुलेको शवको पहिचान आज मात्र भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए । मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले जानकारी दिएका छन् ।