News Portal

गुहार माग्दै प्रहरी कार्यालयमा पुगे सांसद मैनाली

रातोपोस्ट संवाददाता
२५३ पटक

झापा, ७ असार । नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा पुर्व सांसद श्रीप्रसाद मैनालीलाई प्रहरी कार्यालय पुगेका छन् । सांस मैनालीमाथि अभद्र व्यवहार गर्ने स्थानीय युवा भुपाल ओली विरुद्ध कारबाहीको माग गर्दै आज इलाका प्रहरी कार्यालय काँकरभिट्टा पुगेमा छन् ।
कोशी प्रदेशका पूर्व सदस्य मैनालीलाई ओलीले दुर्व्यवहार गरेका थिए । बुधबार काँकरभिट्टा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको परिसरमा दुव्र्यवहार भएको मैनालीले जानकारी दिए । द्रोणचार्य क्षेत्रीको ३० औं स्मृति सभामा सहभागी हुन मैनाली खानेपानीको सभाहल जाने क्रममा ओलीले अभद्र व्यवहार गरेको बताइएको छ । मैनालीले भने – ‘मसँग असम्बन्धित पुरानो विषय निकालेर ओलीले अभद्र व्यवहार देखाए । उनले गरेको दुव्र्यवहार विरुद्ध प्रहरीमा उजुरी दिएको छु ।’

भुपाल ओली यातायात व्यवसायी हुन् । उनले ४-५ वर्ष अघि काउन्टर माग गर्दा नपाएको भन्ने विषय निकालेर मैनालीलाई दुर्व्यवहार गरेको बुझिएको छ । मैनाली भन्छन् – ओली हिमाल नेपाल यातायात प्रा.लि. को कार्यवहाक भन्दै हिडेको याद छ, अन्य विषय थाहा भएन ।

मैनालीमाथि भएको अभद्र व्यवहार विरुद्ध मेचीनगरमा रहेका यातायात संघ संगठन, श्रमिक संघ संगठनहरुले विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन् । विज्ञप्ति मार्फत कारबाहीको माग समेत गरेका छन् । पूर्व मेची बस व्यवसायी प्रालिले विज्ञप्ति जारी गर्दै अमानवीय र अभद्र व्यवहार विरुद्ध भत्सर्ना गरेको छ ।

दुर्व्यवहार गर्ने ओली नेकपा एमालेमा आवद्ध रहेका छन् । उनलाई मेचीनगर कमिटीले कारवाहीका लागि जिल्ला कमिटीमा सिफारिस गरेको छ ।

प्रतिकृया दिनुहोस्