News Portal

पाँचपोखरी सामुदायिक वनमा बृक्षारोपण

रातोपोस्ट संवाददाता
१८६ पटक

मेचीनगर, १५ असार । झापाकाे पाँचपोखरी सामुदायिक वनमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय झापाकाे सहयाेगमा पाँचपोखरी सामुदायिक वनमा बृक्षारोपण सम्पन्न भएकाे हाे । बृक्षारोपण दिवसको अवसरमा बिहिवार विभिन्न जातका ३ सय विरुवा रोपिएको आगामी दिनमा सो क्षेत्रमा करिब आठ हजार बिरुवा रोपिने रेन्जर डिल्लीराज खरेलले जानकारी दिए ।

बृक्षारोपण दिवसको अवसर पारेर कार्यालयले सामुदायिक पाँच पाेखरी सामुदायिक वनक्षेत्रको पाँच हेक्टर खाली जमिनमा विभिन्न जातका बिरुवा रोप्ने योजना रहेको कार्यालयले जनाएको छ । ‘सन्ततिका लागि सोचौँ, समृद्धि र हरियालीका लागि रुख रोपौँ ‘, भन्ने नाराका साथ आयोजना गरिएको बृक्षारोपण कार्यक्रममा अरिदमन गण चारआली, इलाका प्रहरी कार्यालय बुधबारे, सामुदायिक वन उपभोक्त महासंघ तथा स्थानीय उपभोक्ताको सहभागिता रहेको पाँच पाेखरी सामुदायिक बन समुहका अध्यक्ष चेतन आचार्यले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्