बुधबारे, १५ असार । झापाको बुद्धशान्ति गाउँपालिका ४ मा मुढा बुन्ने तालिम सहित उद्घोषण र माइन्युट लेखन तालिम शुक्रबार सम्पन्न भएकाे छ । बुद्धशान्ति- ४ वडा कार्यलयको दलित समन्वय उपभोक्ता समितिले आयोजना गरेको १० दिने मुढा बनाउने तथा ५ दिने उद्घोषण र माइन्युट लेखन तालिम सम्पन्न भएको हो। यी तीन वटै तालिमहरु गत असार ४ गते देखि ४ न वडा कार्यलयको सभाहलमा शुरु भएको थियो ।
दलित समन्वय उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण गजमेरको अध्यक्ष्ता तथा बुद्धशान्ति गाउँपालिका ४ का वडा अध्यक्ष शेर बहादुर रायको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राय, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य सुर्य बहादुर बिस्वकर्मा (शुरेस) बुद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्य भिम धमला , दलित समन्वय उपभोक्ता समिति उपाध्यक्ष भक्त बहादुर बिस्वकर्मा , ४ न वडा सदस्य शशीकला बिस्वकर्मा, ऐत बहादुर सावा , सन्जु लिम्बु , उद्घोषण र माइन्युट लेखन तालिमका प्रशिक्षक नरेश खाती , मुढा बनाउने तालिम का प्रशिक्षक सिंह बहादुर बिस्वकर्मा लगायतले तालिममा सिकेका शिपलाई लागू गर्न अनुरोध गरे ।
बक्ताहरुले दलित लक्षित कार्यक्रममा प्रशिक्षक दलित समुदायको नै भएको मा प्रशिक्षार्थीहरुले खुसी ब्यक्त गर्दै सिकाई सहज र प्रभावकारी भएको बताएका थिए।