News Portal

बुद्धशान्तिमा शिपमुलक तालिम समापन

१ सय ५० जना भन्दा बढीकाे सहभागिता

अस्मिता बर्देवा
३३९ पटक

बुद्धशान्ति, १८ असार । झापाकाे बुद्वशान्ति गाउँपालिकाकाे आर्थिक सहयाेग तथा दलित विकास समन्वय समितिकाे आयाेजनामा संचालित विभिन्न शीपमुलक तालिम सोमवार सम्पन्न भएकाे छ । बुद्ध शान्ति गाउँपालिकाका दलित समुदायका १ सय ५० जना बढी यो शिपमुलक तालिमबाट प्रत्यक्ष रुपमा लाभान्वित भएको दलित विकास समन्वय समितिका अध्यक्ष बिरेन्द्रकुमार घतानीले जानकारी दिए।


समितिकाे आयाेजनामा ९ दिने उद्वाेषण तालिम, ७ दिने पत्रकारिता तालिम, १० दिने चप्पल बनाउने तालिम, २० दिने नाैमती बाजा बजाउने तालिम र १ दिनकाे कानुनी परामर्श तालिम सम्पन्न भएकाे हाे । पत्रकारिता तालिमको सहजीकरण पर्वत पाेर्तेल, उद्घोषण तालिमको सहजीकरण अधिकारकर्मी तथा पत्रकार नरेश खाती र संचारकर्मी ज्ञानेन्द्र घिमिरेले गरेका थिए । गाउँपालिकाले उपलब्ध गराएको ८ लाख रुपैयाँ बजेटलाई यी तालिममा खर्च गरिएको अध्यक्ष घतानीले जनाए। समापन कार्यक्रमका प्रमुख अतिथि बुद्वशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानी प्रसाद खतिवडाले सिकेको सीपलाई व्यवहारमा लागू गर्न प्रशिक्षार्थीहरुलाई अनुरोध गरे । कार्यक्रममा कार्यपालिका सदस्य भिम धमला, नेकपा एमाले गाउँपालिकाका अध्यक्ष नेत्र रिजाल, महिला वडा सदस्य प्रमिला परियार लाखे, दलित मुक्तिमोर्चाका केन्द्रीय सदस्य प्रेम ल्वागुन तथा प्रशिक्षार्थीको तर्फवाट अस्मिता बर्देवा, सन्तोष रसाइली अन्जु सिन्च्युरी र प्ररुखा लाखेलगायतले मन्तव्य मन्तव्य ब्यक्त गरे । दलित विकास समन्वय समितिमा अध्यक्ष विरेन्द्र घतानीकाे अध्यक्षतामा सम्पन्न भएक‍ो कार्यक्रमकाे स्वागत मन्तव्य विशाल बराईलीले गरेका थिए । समितिका सचिव प्रकाश सिन्च्युरीले पहिलो र भावना ल्वागुनले दोस्रो चरणको कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्