News Portal

काँकरभिट्टामा क्रिकेट टिमकी क्याप्टेन रूविनालाई सम्मान

रातोपोस्ट संवाददाता
१९० पटक

मेचीनगर, १९ असार । राेटरी क्लबका डिष्ट्रिक गर्भनर नाेमिनी विनाेद काेइरालाले राेट्रिरियनहरूलाई समाज सेवामा निरन्तर लाग्न आग्रह गरेका छन् । हाेटल मेची क्राउनमा राेटरी क्लब अफ काँकरभिट्टाकाे १४ ओैँ पदस्थापन कार्यक्रमका प्रमुख अतिथि काेइरालाले यस्ताे कुरा बताएका हुन् ।

उनले राेटरी क्लव महासागर रहेकाे बताए । राेटरी एउटा अन्तर्राष्ट्रिय संस्था रहेकाेले विश्वका सबै व्यक्तिले सेवाभावमा लाग्न सक्ने बताए । कार्यक्रममा विशिष्ट अतिथि काेशी प्रदेश सभा सदस्य गाेपाल तामाङ, मेचीनगर नगरपालिका उपप्रमुख मीना पाेखरेल उप्रेती, पूर्व प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले राजनीतिकर्मीहरूले आचरण र अनुशासनका कुराहरू राेटरीबाट पाठ सिक्नु पर्ने बताएका छन् ।

कार्यक्रममा नेपाली महिला क्रिकेट टिमकि क्याप्टेन रूविना क्षेत्रीलाई सम्मान गरेकाे छ । डिष्ट्रिक गर्भनर नाेमिनी काेइरालाले अध्यक्ष ईन्जिनियर रूद्र मैनालीलाई पद तथा गाेपनियताकाे सपथ ग्रहण गराएका थिए । सन् २०२३-२४ का अध्यक्ष मैनालीले मिटिङ कल गरी आफ्नाे टिमकाे परिचय गराउँदैँ भावी याेजना प्रस्तुत गरे । अध्यक्ष मैनालीले आफ्नाे कार्यकालका पदाधिकारीहरूलाई पद तथा गाेपनियताकाे सपथ ग्रहण गराए । कार्यक्रममा सन २०२२-२३ का अध्यक्ष सुजन प्रधानले आफ्नाे कार्यकालमा गरेकाे कामकाे वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

राेटरियन जीवन भट्टराईले टाेस्ट प्रपाेजल प्रस्तुत गरेकाे कार्यक्रममा क्लबका प्रेसिडेन्ट नाेमिनी उदयकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरे । राेटरी क्लव अफ काँकडभिट्टाका प्रेसिडेन्ट ईलेक्ट डाक्टर आनन्दराज खनालले स्वागत र कार्यक्रमकाे सञ्चालन क्लवका सचिव भगिरथ राईले गरेका थिए ।

प्रतिकृया दिनुहोस्