राज्यको रफ्तार पूर्व न पश्चिम्, अर्थलाई ज्वरो छ। नेता र प्रजा बीचमा कर्जा, राजनीति फ्याउरो छ । नीतिको निसान, विधिको विधान नक्कले हुँदैछ ।
कानुनी नयन तराजु हेर्दै, झिपिक्क पार्दैछ । बजेटको भाषण हेरेर शासन, चिनेन बाहुनडाँगी हात्तीको जन्ती जागृती राती, सुतेन जिन्दगी ।
आमाले रोजिन पुज्नलाई फुल, गणेशले छेकेछन् । निर्दयी पशु बिहानी पख, छात्तीमा टेकेछन् । जंगलको बार घेरेर तार, छेकिन्न जन्तुलाई जाग न सरकार पर्खाल बुन्न, सिमाना चिन्नलाई ।
कोकाहल पानी धरान झार्यो, श्रमको संस्कारले पहाडमा बसी गिज्याउने हो कि, सिद्धीको नहरले । बैंकको ऋण नमानी घिन, ओजनले छेकेछ । बैजनी किरण बनेर तोरण, प्रचण्ड गर्मी छ ।
राजनैतिक यात्रा भेडाको जात्रा, आवरा बन्दैछ, बसाइँको शहर सबैको रहर, संस्कार चै रुदैछ । हावा र हुरी असहज यहाँ, धावाको संकेत छ, गृहको युद्ध त्यागेर शुद्ध, बाँच्नलाई गारो छ ।
मेचीनगर–२, झापा