News Portal

रिजालको १३ औँ पुण्य तिथिमा पुस्तक विमोचन हुँदै

रातोपोस्ट संवाददाता
१८३ पटक

मेचीनगर, २४ असार । झापाकाे मेचीनगर १५ का स्वगीय देबेन्द्र रिजालको साहित्यक संग्रह ‘‘उद्गार’’ नामक पुस्कत सोमवार विमोचन हुँदै छ । स्वग्रीय रिजालको १३ औँ पुण्य तिथिको अवसर पारेर परिवारले सोमवार उक्त पुस्कत विमोचन गर्ने तयारी गरेको हो ।

एक वर्ष अघिदेखि विरामी भएर थलिएका रिजालको गत असार १३ गते निधन भएको थियो । रिजालले आफु विरामी भएको समयमा पुस्तक लेखेका थिए । विभिन्न कविता, जीवनी तथा यात्रा स्मरण लगायतका विषयहरु समेटिएको पुस्तक छाप्ने तयारी गर्दै गर्दा उनको निधन भएको थियो ।

बुबाको इच्छालाई पुरा गर्न उहाँकै १३ पुण्य तिथिको दिन लोकार्पण गर्न लागिएको जेठा छोरा सुभाष रिजालले बताए । पुस्कतक घर छेउमै रहेको प्रणामी मन्दिरमा लोकार्पण हुने छ । २००७ साल फागुण २५ गते भारतको आसाममा जन्मिएका रिजाल २०३९ सालदेखि मेचीनगर- १५ ज्यामिरगढीमा बस्दै आउनु भएको थियो । सामाजिक तथा बौद्धिक व्यक्ति रिजाल विभिन्न सामाजिक संघ संस्थामा रहेर काम गरेका थिए । उहाँकी जेठी श्रीमती सरस्वती रिजालको २०६४ सालमा निधन भएको थियो । हाल उहाँकी श्रीमती गीता रिजाल, ३ छोराहरु सुभाष, नविन र गुलाब रिजाल रहेका छन् ।

प्रतिकृया दिनुहोस्