News Portal

अझै हिम्मत हारेका छैनन् जयरामले

रातोपोस्ट संवाददाता
५०० पटक

मेचीनगर, २५ असार । सगरमाथा आरोही मेचीनगर–१५ ज्यामिरगढीका २६ वर्षीय जयराम दाहाललाइ प्रेस क्लव मेचीनगरले स्वागत तथा सम्मान गरेकाे छ । साेमबार प्रेस क्लवकाे कार्यालय इट्टाभटामा सगरमाथा आरोही दाहाललाई प्रेस क्लव मेचीनगरले स्वागत तथा सम्मान गरेकाे हाे ।

दाहालले ८ हजार १ सय मिटरको उचाई सफलतापूर्वक आरोहण गरेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि गत चैतमा उनी सगरमाथा मिसनमा गएका उनी । सगरमाथाकाे चुचुरोमा पुग्न ७ सय मिटर मात्र बाँकी रहँदा दाहिने हातको औला हिउँले खाएर घाइते भएपछि उनी फर्किन बाध्य भएका थिए ।

हिमाल पदयात्रा सम्बन्धी गाइडको रुपमा लामो अवधिदेखि कार्यरत दाहालले सगरमाथा आरोहणमा जाँदाको रोमाञ्चक अनुभूति साेमबार मेचीनगरका पत्रकारहरुलाई सुनाएका थिए । ‘सगरमाथा चढ्ने मेरो सानैदेखिको धोको थियो,’ उनले भने–‘यसपटक हिउँले औला खाएका कारण चुचुरोको नजिकै पुगेर फर्किन बाध्य भए । आउँदो साल चुचुरोमा पुगेरै आउँछु ।’ नेपालमा ८ हजार मिटर माथिका १४ वटा चुचुरो रहेको र ती सबैको आरोहण जीवनमरणको सवाल बन्ने उनले बताए ।

यस अघि उनले सगरमाथा नजिकैको ६ हजार मिटर माथिको आइल्यान्ड चुचुरोको सफलतापूर्वक आरोहण गरेर प्रमाणपत्र पाइसकेका छन् । प्रायः आरोहीहरुले साथमा गाइड, भरिया, भान्से र लियाजो अफिसर लिएर जाने जाने गर्दछन् । तर, दाहाल एक्लै आरोहणमा गएका थिए । सगरमाथा आरोहणमा १८ लाख रुपैयाँ निजी खर्च भएको र उक्त रकम विगतमा ट्रेकिङ गाइडको काम गर्दा कमाएकाे उनले बताए ।

आरोही जयराम दाहाल प्रेस क्लव मेचीनगरका उपाध्यक्ष रीता दाहालकी भाइ हुन । जयराम पनि पत्रकारिता र ट्राभल भ्लग र फेसबुक रुचि रहेकाे छ । हिमाल आरोहणमा परिवारका सदस्य र शुभचिन्तकहरुको हौसला र सपोर्ट रहेको उनले बताए । भविष्यमा विश्वका सात मुलुकमा रहेका उच्च हिमशिखरको आरोहण गर्ने आफ्नो लक्ष्य रहेको उहाँले बताए ।प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा भएको कार्यक्रममा आरोही दाहालले आफ्ना अनुभव सुनाएका थिए ।

प्रतिकृया दिनुहोस्