मेचीनगर, ३० असार । मेचीनगर सञ्चार प्रतिष्ठानको कार्यालय स्थापना हुनु अघि नै कार्यालयमा ताला लागेकाे छ । नगरपालिकाले नगर भित्र सञ्चार प्रतिष्ठानका लागि उपलब्ध गराएको कोठामा प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले ताला लगाईदिए पछि प्रतिष्ठानको कार्यालय खुल्ने विषयमा अन्याेल भएकाे हाे ।
नगरकाे तेस्रो तलामा प्रतिष्ठानको कार्यालय राख्ने भनेर कोठामा रंगरोगनको काम, फर्निचर, ल्यापटप र प्रिन्टर समेत खरिद गरि प्रतिष्ठानले कार्यालय स्थापनाकाे तयारी गरेकाे थियाे । अधिकृतले ताला लगाए पछि सञ्चार प्रतिष्ठानको कार्यालय स्थापना गर्ने बिषय अन्योलमा परेको छ । नगर प्रमुख प्रशासकीय अधिकृत पराजुलीले भने, सञ्चार प्रतिष्ठानकाकाे कार्यालय नगरपालिका परिषर बस्ने आफुलाई कुनै जानकारी नभएकाे बताए । नगरपालिका भित्र एउटा काेठा खाली देखिएकाे हुनाले आफुले ताला लगाएकाे उनले बताए ।
नगर भित्र सञ्चार प्रतिष्ठानको कार्यालय स्थापनाको तयारी भइरहेको प्रतिष्ठानका सदस्य सचिव प्रकाश पौडेलले बताए । प्रतिष्ठानका सदस्य सचिव पौडेलले भने, नगरपालिकाले उपलब्ध गराएको कोठामा नै प्रतिष्ठानको कार्यालय स्थापनाका लागि रंगरोगन र फर्निचर लगायतको व्यवस्था भइसकेको छ तर उक्त कोठामा ताला लगाएको बिषयमा हामीलाई आधिकारीक जानकारी नभएकाे बताए ।
नगरमा विवादका बिच गठन गरिएको सञ्चार प्रतिष्ठानको कार्यालय व्यवस्थापनका लागि भन्दै मेचीनगर नगरपालिकाले चालु आर्थिक बर्ष २०७९/०८० मा २ लाख ५० हजार रकम बिनियोजन भएकाे थियाे ।
‘