News Portal

परिवार नियोजन संघ झापाको सभापतिमा लाेकनाथ भट्टराई निर्वाचित

रातोपोस्ट संवाददाता
१९८ पटक

झापा, ३० असार । नेपाल परिवार नियोजन संघ झापाको सभापति पदमा दोस्रो कार्यकालका लागि पुनः लोकनाथ भट्टराई (बुइँपाली) निर्वाचित भएका छन् ।

आज शनिबार भएको निर्वाचनमा प्रतिष्पर्धी गणेशप्रसाद पोखरेललाई ९३ मतले पराजित गर्दै भट्टराई दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । भट्टराईले ३ सय १२ मत ल्याउँदा पोखरेलले २ सय १९ मत पाएका छन् । संघको झापा शाखामा ७ सय ७५ जना आजीवन र साधारण सदस्य रहेकोमा ५ सय ३३ मत खसेको थियो । त्यसमध्ये २ मत बदर भएको निर्वाचन समितिका संयोजक सुरज खत्रीले बताए । अन्य पद यसअघि नै निर्विरोध भइसकेको थियो ।

प्रतिकृया दिनुहोस्