News Portal

कनकाईमा भोलीदेखि सुर्तिजन्य पदार्थ विक्री गर्न नपाइने

रातोपोस्ट संवाददाता
१८१ पटक

झापा, ३१ असार । झापाको कनकाई नगरपालिकाले भोली (साउन १) देखि सुर्तिजन्य पदार्थको विक्री र सार्वजनिक स्थलमा प्रयोग गर्न निषेध गरेकाे छ । नगर कार्यपालिकाले गत जेठ १७ गते उक्त निर्णय गरेको थियो ।

साउन १ गतेदेखि गुट्खा, खैनी तथा चुरोट लगायत सुर्तिजन्य पदार्थको विक्री वितरण र सार्वजनिक स्थलमा प्रयोग गर्न नदिने कार्यपालिकाले निर्णय गरेको थियो ।

नगरवासीलाई विक्री र सार्वजनिक स्थलमा निषेध गरिएको वस्तुको प्रयोग नगर्न आग्रह गरिएको छ । कनकाईका नगर प्रमुख राजेन्द्र पोखरेलले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै गरेको निर्णयको पालना गर्न नगरबासी आग्रह गरेका छन् । उनले सुर्तिजन्य पदार्थको प्रयोगले घातक रोगको संक्रमण हुने भन्दै सबैलाई निर्णय कार्यान्वनयमा सहयोग गर्न पनि अनुराेध गरेका हुन् ।

प्रतिकृया दिनुहोस्