मेचीनगर, १ साउन । स्थानीय निर्वाचन २०७९ पछिको यो १३ महिनाको अवधिमा मेचीनगर नगरपालिकाले आम नागरिकको जीवनमा परिवर्तन आउने खालका कुनै पनि ठोस कार्य गर्न नसकेको युवा नागरिक समाज मेचीनगर कमिटीले बताएको छ । नगरमा भएका समसामयिक समस्या तथा समाधानका उपायका बारेमा जानकारीसहित आज नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउँदै युवा समाजले उक्त कुरा बताएको हो ।
‘सडक ड्रेन, कालोपत्रे, विभिन्न योजनाको डिपिआर, शिलान्यास, न्याय सम्पादन, उद्घाटन, गोष्ठी, भ्रमण लगायतका कार्यह भएको सर्वविदितै छ । तर, देशकै सुदूरपूर्वको ठुलो मेचीनगर नगरपालिकाले जनताले आशा र भरोसा गरेको व्यक्ति नगर प्रमुख र उपप्रमुख पाएको यो घडिमा यति कामले मात्रै पुग्दैन,’ युवा नागरिक समाजले आज बुझाएको ध्यानाकर्षण पत्रमा लेखिएको छ ।
यसैगरी बुँदागत lपमा नगरमा भएका समस्या दर्साउँदै यसको समाधानको उपाय खोज्न पनि युवाह?ले सुझाव दिएका छन् ।
मेचीनगर नगरपालिकालाई जोडेर बेला बेला सञ्चारमाध्यममा आएका विभिन्न समाचारह?को सत्य तथ्य छानविन गरी आम नगरवासी माझ प्रस्ट पार्न ध्यानाकर्षण पत्रमार्फत माग गरिएको छ भने नगर क्षेत्र भित्रका सम्पूर्ण शिक्षण संस्थाह?को प्रभावकारी अनुगमन तथा नियमन गर्न आग्रह गरिएको छ।