रातोपोस्ट संवाददाता
झापा, ११ साउन । झापाकाे मेचीनगर-६ स्थित काँकरभिट्टाबाट १ लाख बढीको मोबाइल सामग्री प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका- ६ बाट मोबाइलको कभर ६८ थान र एयरफोन २२५ पिस बरामद गरेको हो ।
सो सामान चोरी तस्करीबाट भित्राएर नेपाली बजारतर्फ लैजान खोजेको अवस्थामा प्रहरी बरामद गरेको बताइएको छ । बरामद गरिएको सामानलाई करिब १ लाख ३ हजार रुपैयाँ मूल्याङ्कन तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइसकेको प्रहरीले जनाएको छ ।