News Portal

नेपाल भारत मैत्रीपूर्ण बसमा अवैध सामान ओसारपसार

रातोपोस्ट संवाददाता
६२८ पटक

झापा, १७ साउन । नेपाल भारत मैत्रीपुर्ण बसमा अवैध सामान ओसारपसार हुने गरेको खुलेको छ । भारतको सिलिगुडीदेखि काठमाण्डौ चल्ने रात्रीबसमा चेकिङ गर्ने क्रममा अवैध सामान फेला परेको हो । आज साँझ ५.१५ बजेको समयमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोलीले मेचीनगर- ६ स्थित पूर्व पश्चिम लोकमार्गको भन्सार गेट अगाडि चेकिङ गर्ने क्रममा WB19L6161 नम्बरको सिलिगुडीदेखि काठमाण्डौ चल्ने बसमा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली ल्याउँदै गरेको विभिन्न सामान फेला परेको हो ।

गाडी छोप्ने कभर, सुटकेस , ग्लोप, जुत्ता, चप्पल, जिन्स पेन्ट , सर्ट, ट्राउजर, लेडिज ब्याग, हाफ पेन, जम्पर, विजुली तार, गाडीको हर्न, गाडीको र कमोडल केमिकल १ काटुन गरी अन्दाजी दुई लाख सत्तरी हजार तीन सय पचास रुपैयाँ मूल्य बराबरको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र प्रसाद रिजालले बताए । उनले ती सामान मेची भन्सार कार्यालय काकँरभिट्टामा बुझाएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्