विदेशिनु रहर त होइन, परिस्थति नै बाध्यता बन्यो, अरबको ताती मरुभूमिमा रंगीन सपना सजियो, देशामै बसुँ भने घर व्यवहार चलाउन निक्कै गाह्रो, विदेशी भूमिमा श्रम–पसिना बगाउन त झनै साह्रो ।
+२ सकायो एकथान पासपोर्ट बोकी हान्यो विदेश, राजनीतिले गिजोलिएर बस्न नसकिने भो स्वदेश, प्रायः युवाको सपना बन्न थालेको छ युरोप, खाडी, बुढा बा–आमा, श्रीमती, बाल बच्चा परिवार छाडी ।
यहाँ बसेर के गर्नु ? जान्छु कमाउन विदेश भन्छ ऊ खाली, पैसा पठाउन सकेन भने खान्छ, परिवारको उसले गाली भने जस्तो काम पाएन भने उसले ऋण तिर्न सक्दैन यसपाली, सुखमा भन्दा दुःखमा बजाउछन् साथीभाई, छरछिमेकले ताली ।
पैसा त पठाउँदैछ, परिवारको आवश्यकता थोरबहुत जोडिँदो पनि छ । कतिपय परिवारको सम्बन्धहरु यताउता अनयासै तोडिदो पनि छ । धन कमाउने चाहनाले कठिन भएनी काममा दिनरात नभनी खट्दो छन् । कति त अकालमा बाक्समा मुडो झै परिवारको खुशी लुटिँदै फर्कदो छन् ।