News Portal

अभाव बुझेका समिर

बिहान कलेज, दिनभर सैलुन

रातोपोस्ट संवाददाता
२३६ पटक

मेचीनगर, २६ साउन । बिहान कलेज, दिनभर सैलुन । बिहानीको सुरुवातसँगै आफ्नो दैनिकीमा व्यस्त बन्ने सुमित ठाकुरको समय यसरी नै बित्न थालेको दुई बर्ष भयो । काँकरभिट्टा माविबाट १२ कक्षाको पढाइ सकेका सुमित १९ बर्षका भए । कपाल काट्न माहिर उनी अब स्नातक तहको पढाइ सुरु गर्न खोज्दैछन् ।

पढेर ठुलो मान्छे बन्ने सपना बोकेर स्कुल जाने उनी आज पनि ‘ठुलो मान्छे बन्छु’ भन्ने हुटहुटी बोकेर आफ्नो दैनिकीमा रमाउँछन् । बुबा पनि कपाल काट्ने ठाकुर भएको हुनाले उनलाई कपाल काट्न सिक्न खासै गाह्रो भएन । बाल्यकालदेखि नै बुबासँगै आउँथे, बुबाले कपाल काटेको हेर्थे यसरी दिन बित्दै गर्दा उनलाई पनि कपाल काट्न आउन थाल्यो । समय र परिस्थिति सधैँ आफ्नो बसमा कहाँ हुन्छ ? अन्जान हुन्छ ।

एक बर्ष अघि उनको घरमा पनि यस्तै परिस्थिति आइलाग्यो । जसबारे उनी बेखबर थिए । एकबर्ष अघि बुबा बित्नुभो । बुबा बितेपछि भने घरको सबै जिम्मेवारी उनको काँधमा आइपुग्यो । उनी घरका अभिभावक भए ।आमाको साथमा घर चलाउनेदेखि बहिनी पढाउनेसम्मको जिम्मेवारी आएपछि भने उनले व्यावसायकि रुपमै कपाल काट्न शुरु गरे । आज उनी सैलुनमा कपाल काट्दै गरेको भेटिन्छन् । उनी भन्छन्, ‘काम गर्न के को लाज ? कामसँगै पढाइ अघि बढाउँछु, एक दिन कसो ठुलो मान्छे नबनुँला !’

एउटा भनाई छ, ‘उमेरले होइन परिस्थिति र अभावले मानिसलाई वास्तविक जिन्दगी बुझाउँछ’ । उमेर नै हेर्ने हो भने त सुमितको उमेर नै कति हो र ? उनीसँगैका साथीभाई आफ्नै संसारमा हुर्किएका छन् । कोही खेल्नमा व्यस्त छन्, कोही गायन त कोही नृत्य । तर, घरमा निम्तिएको परिस्थितिले हो सुमितलाई सैलुन पुर्यायो, पैसा कमाउन सिकायो अनि अभिभावक बन्न पनि । उनी दिनकै एक हजारदेखि १२ सय रुपैँयासम्म कमाउँछन् । जुन पैसाले बहिनी पढिरहेकी छिन् त घर पनि चलेकै छ ।

प्रतिकृया दिनुहोस्