रातोपोस्ट संवाददाता
झापा, साउन २८ । झापाको अर्जुनधारा- ५ मा रहेको साम्भवी फुड एन्ड बेभरेजेज प्रालिले नयाँ जुस (पेय पदार्थ) बजारमा ल्याएको छ । कम्पनीले करिब ९ वर्षदेखि हल्का पेय पदार्थ तथा जुस उत्पादन गर्दै आएको छ ।
कम्पनीले जुसिका मेंगो र मेन्टेन मेंगो जुस बजारमा ल्याएको हो । उद्योगले ‘चिसोकोला’, ‘फन्नी’, ‘चटकोला, ‘सिम्पल साइट, ‘मेन्टेन ड्यु’, युनिक ड्युलगायतका पेय पदार्थ र जुस उत्पादन गर्दै आएको छ ।
कम्पनीले बैशाखदेखि नै जुसिका मेंगो र मेन्टेन मेंगो जुस उत्पादन सुरु गरेको जनाएको छ । पल्प बेसमा उक्त जुसहरु उत्पादन हुँदै आएको कम्पनीका सञ्चालक पुष्प आर्चायले जानकारी दिए ।
अधिकांश जुसहरु विभिन्न फलफूलको स्वादमा उपलब्ध हुने गर्छन् । तर, साम्भवी फुड एन्ड बेभरेजेज प्रालिले भने पहिलोपटक पल्प बेस (आँप) मा उक्त जुसहरु बजारमा निकालेको दाबी गरिएको छ ।