News Portal

रविको आग्रह : ०८४ को चुनावमा रास्वपालाई जिताएर परिवर्तनको घण्टी बजाईदिनहाेस्

रातोपोस्ट संवाददाता
३८० पटक

झापा, २ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०८४ सालमा हुने आम निर्वाचनमा झापा क्षेत्र नं १ का जनताले रास्वपाका उम्मेदवारलाई जिताएर परिवर्तनको घण्टी बजाईदिन मेचीनगरवासीलाई आग्रह गरेका छन् । शनिबार मेचीनगर-७ को ईटाभट्टा चोकमा पार्टीको जनसभालाई सम्बोधन गर्दै उनले भने, गत चुनावमा ५ महिनामा २१ सिट दिएर जिताउनुभयो लामिछानेले भने-अब आउँदो ०८४ सालको चुनावमा दुइतिहाई (बहुमत) ल्याउछौँ ।

विदेशीको ईसारामा चलेको हल्लालाई चिर्दै उनले भने- विदेशीको ईसारामा पार्टी कहिले चल्दैन । कसैको अगाडि झुक्दिन । झुक्दा नेपाली जनतासँग झुक्छु । उनले जनजीविकाका पक्षमा काम गर्न आएकाले एकपटक अवसर दिएर परीक्षा लिनसमेत उनले आग्रह गरे। रास्वपाको उदयबाट आत्तिएकाहरुले रास्वपाको आलोचना, टीकाटिप्पणी र हमला गरिरहेको लामिछानेको आरोप छ। जति नै गाली गरे पनि खुद्रामा नभई थोकमा जवाफ दिने त्यसका लागि आम निर्वाचन पर्खन उनले चेतावनी दिए।

देशको नाजुक अवस्था देखेर विगतमा सञ्चारकर्मी हुँदा जनताले मलाई चुनाव लडेर राजनीतिमा आउन आग्रह गरेको सन्दर्भ जोड्दै उनले त्यसैले देशको सेवा गर्न राजनीतिकमा सकृय भएको बताए ।

कार्यक्रममा पार्टीका महामन्त्री मुकुल ढकाल, केन्द्रीय सदस्यहरू मनिष झा, रमेश प्रसाईं, प्रमुख सचेतक सन्तोस परियार, सांसद निषा डाँगीलगायतले ललिता निवास, नक्कली भुटानी शरणार्थी, सुन तस्करी काण्डका मतियारहरूलाई छानविन गरेर कडा कारवाही गर्न माग गरेका छन् । पार्टीका क्षेत्रीय सभापति भिमबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कमल गौतम र प्रकाश भट्टराईले गरेका थिए ।

प्रतिकृया दिनुहोस्