रातोपोस्ट संवाददाता
झापा, ४ भदाै । स्कुल बसको ठक्करबाट घाइते भएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । बुद्धशान्तिस्थित कर्णाली एजुकेसन फाउन्डेसनको स्कुल बसले ८ वर्षीया बालिका समीक्षा बस्नेत आइतबार ठक्करको थियो ।
दुर्घटनामा परी घाइते भएकी समीक्षाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनी स्थानीय ज्योति अङ्ग्रेजी माविमा अध्ययनरत थिइन् ।
जयपुर बुधबारे सडक खण्डमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे १ क ८६० नम्बरको स्कुल बसले समीक्षासहित उनका बाबु खड्ग बस्नेत, उनकी आमा रिता बस्नेत र ५ वर्षीय भाइ सन्दीप बस्नेतलाई ठक्कर दिएको थियो । परिवारका अन्य तीन जनासमेत घाइते भएका थिए । दुर्घटनामा संलग्न बस र सोही ठाउँ निवासी चालक मदन घिमिरेलाई प्रहरी नियन्त्रणमा लिएको जनाएको छ ।