News Portal

काँकरभिट्टामा प्रादेशिक क्रिकेट संघ कोशी प्रदेशकाे उद्घाटन कार्यक्रम सम्पन्न

रातोपोस्ट संवाददाता
४२७ पटक

मेचीनगर, ४ भदौ । नेपाल क्रिकेट संघका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले नेपालको क्रिकेटमा काेशी प्रदेशकाे ठूलो योगदान रहेको बताए । झापाकाे काँकरभिट्टा स्थित खानेपानी सभाहलमा प्रादेशिक क्रिकेट संघ कोशी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष चन्दले नेपालको क्रिकेटमा काेशी प्रदेशकाे ठूलो योगदान रहेको बताएका हुन ।

अध्यक्ष चन्दले आफनो वर्तमान कार्यकालमा कोरोना महामारीलगायत कारणले क्रिकेटको विकासका लागि पर्याप्त काम गर्न नसकेको बताउदै उनले नेपालको क्रिकेट विकासका लागि अहिले स्वर्णिम समय रहेको उल्लेख गरे । कार्यक्रममा नेपाल उसु संघका कोशी प्रदेश अध्यक्ष कुमार आचार्यले नेपाली क्रिकेट टिमले खेलकुद क्षेत्रमा विश्व सामु चिनाएकाे बताए । नेपाली क्रिकेटमा भविष्य रहेकाे पनि उनले बताए ।

कार्यक्रममा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको पनि उपस्तिथि रहेको छ । प्रादेशिक क्रिकेट संघ कोशी प्रदेशका अध्यक्ष मिङमा ल्यामु शेर्पाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको स्वागत उपाध्यक्ष नविन घिमिरेले र सञ्चालन सदस्य सचिन सुब्बाले गरेका थिए । बन्द सत्रमा विभिन्न एजेन्डाका मागसहित पारित भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । अध्यक्षमा विप्लव घाेष र सवर्जित पाण्डेकाे उम्मेदवार रहेकाे छ । कोशीका ५ वटा जिल्ला झापा, मोरंग, सुनसरी, उदयपुर र ईलाम संघका सदस्यहरु सहभागी छन् ।

प्रतिकृया दिनुहोस्