झापा । नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी) झापा जिल्ला कमिटीले दोस्रो पार्टी पुनर्गठन दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । शनिबार विर्तामोडमा पार्टीका अगुवा नेताकार्यकर्तासँग शुभकामना आदानप्रदान गरि पार्टीले दोस्रो पार्टी पुनर्गठन दिवस मनाएको हो ।
कार्यक्रममा ज्येष्ठ कम्युनिस्ट मञ्च तथा किसान महासंघका वरिष्ठ उपाध्यक्ष देवी वरालको प्रमुख आतिथ्यता रहेको थियो । पार्टीका झापा जिल्ला संयोजक वेदराज रेग्मीको अध्यक्षता रहेको कार्यक्रममा स्वागत पदम सुब्बाले गरेका थिए ।
कार्यक्रममा जिल्ला कमिटी सदस्य प्रेम सागर सापकोटा, श्री मिश्र, कमल बुढाथोकी, दिपक दुलाल, इन्द्र निरौला, मेहरमान राजवंशी, केदार ओडारी लगायतको उपस्थिती रहेको कार्यक्रमको संचालन विपि भट्टराईले गरेका थिए । एकीकृत समाजवादीले निर्वाचन आयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिनको रुपमा पार्टी पुनर्गठन दिवस मनाउँदै आएको छ ।