News Portal

राष्ट्रिय सूचना आयोगले लिखित जवाफ पेश गर्न मेचीनगरलाई आदेश

रातोपोस्ट संवाददाता
२५५ पटक

झापा, १७ भदौ । राष्ट्रिय सूचना आयोगले मेचीनगर नगरपालिका कार्यालयलाई लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । झापा मेचीनगर- ७ का पत्रकार ज्ञानेन्द्र निरौलाले गरेको पुनरावेदनमाथि आयोगका कार्यबाहक प्रमुख आयुक्त श्री कमला ओली थापा र सूचना आयुक्त रत्नप्रसाद मैनालीले संयुक्त रुपमा जारी गरेको आदेशमा भनिएको छ ‘सूचना माग गर्ने पक्षलाई सूचना उपलब्ध गराउनु भन्ने आदेश दिन नपर्नाको कुनै कारण भए सोको आधार र प्रमाण सहित आयोग समक्ष लिखित व्यहोरा पठाउनु ।’

मेचीनगर नगरपालिका कार्यालयका कार्यालय प्रमुखलाई बिपक्षी बनाइएको आदेशमा आयोगले बाटोको म्याद बाहेक ७ दिन भित्रमा लिखित जवाफ पेश गर्न नगरपालिकालाई भनेको छ ।सूचनाको हकसम्बन्धी ऐन २०६४ बमोजिम मेचीनगर नगरपालिकाका सूचना अधिकारी र त्यस पछि कार्यालय प्रमुखलाई सूचना माग गर्दा समेत पनि सूचना नदिए पछि निरौलाले सूचना आयोगमा पुनरावेदन गर्नु भएको थियो ।

यस अघि पनि सूचनाको हक सम्बन्धी ऐन अन्तर्गत मेचीनगर नगरपालिकामा सूचना माग गरिएको भए पनि नगरपालिकाले उपलब्ध नगराए पछि बाध्य भएर सूचना आयोगमा पुनरावेदन गर्नु परेको पत्रकार समेत रहेका निरौलाले बताए ।

प्रतिकृया दिनुहोस्