News Portal

काठमाडौंमा राप्रपाले भदौ २७ गते विरोध सभा गर्ने

रातोपोस्ट संवाददाता
२३१ पटक

काठमाडौं, १७ । भदौ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठकले यही भदौ २७ गते काठमाडौंमा विरोध सभा गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार बसेको बैठकले काठमाडौंमा वृहत विरोध सभा गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

हिन्दुत्वको रक्षा, हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, विभिन्न भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याउन, सुन तस्करी लगायतका भ्रष्टाचारका काण्डमा संलग्नको पूर्ण छानबिन गर्न राप्रपाले माग गरेको छ।

शिथिल अर्थतन्त्रले निम्त्याउन लागेको आर्थिक संकटमा सरकारको उदासिनता, बढ्दो बेरोज़गारी, मूल्यवृद्धि जस्ता विषयमा गम्भीर बन्नका लागि सरकारलाई दबाब सिर्जना गर्न पार्टीले र्‍यालीसहित सभा गर्न लागेको प्रवक्ता श्रेष्ठले बताए।

प्रतिकृया दिनुहोस्