रातोपोस्ट संवाददाता
मेचीनगर, १८ भदाै । नेकपा एमाले निकट युवा संघ नेपालको मेचीनगर अध्यक्षमा सुनिल राजबंशी बिजयी भएका छन् । काँकरभिट्टामा भएको निर्वाचनमाले ८४ र प्रतिष्पर्धी सुरेन लिम्बुले ६० मत पाएका थिए । निर्वाचन मण्डलका अध्यक्ष एवम् नेकपा एमालेका प्रदेश कमिटी सदस्य राजु कार्कीले बताए ।
उपाध्यक्षमा न्यूटन कार्की सर्वसम्मत र सचिवमा राकेश खवास ८६ मत प्राप्त गरी विजयी भएका छन । सचिवमा अर्का प्रतिष्पर्धी विशाल गिरीले ५८ मत पाएका थिए । सहसचिवमा ९२ मत पाएर सञ्जय पोखरेल बिजयी भए भने उनका प्रतिष्पर्धी तेजेनलाल राजबंशीले ५२ मत पाएका थिए।
संघको नगर समिति ४७ सदस्यीय रहेको छ । सदस्य पदमा सबै सर्वसम्मत भइसकेको छ । निर्वाचनमा १ सय ५० जना मतदाता थिए ।