News Portal

सीसी क्यामेराको निगरानीमा इटाभट्टा बजार

रातोपोस्ट संवाददाता
४६५ पटक

झापा, २८ भदाै । झापाकाे मेचीनगर–७ इटाभट्टा बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको छ । मेचीनगर–७ इटाभट्टा बजार क्षेत्र निगरानी गर्ने गरि ४ वटा सीसी क्यामेरा जडान गरिएको हो ।मेचीनगर–७ मा चोरी र आपराधिक घटना बढ्न थालेपछि सीसी क्यामेरा जडानमा वडा कार्यालयले केही समयदेखी चासो दिएको थियो । यस अघि जडान गरिएका सीसी क्यामेरा काम गर्न छाडेपछि बजार क्षेत्र असुरक्षित बन्दै गएको जनताले गुनासा गरेका थिए ।

इटाभट्टा बजार क्षेत्रका थप केही स्थानमा सीसी क्यामेरा जडान गर्न मेचीनगर नगरपालिकाले ३ लाख ३९ हजार बजेटको व्यवस्थापन गरिदिए पछि बजार क्षेत्रमा सिसि क्यामेरा जडान गरिएको मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणी ओलीले बताए ।‘बजेटकाे अभाव भएकाे हुनाले अहिले इटाभट्टा बजार क्षेत्रमा ४ वटा मात्र सीसी क्यामेरा जडान गरिएको हो ।’ वडाध्यक्ष ओलीले भने– वडालाई तीन क्षेत्रमा बिभाजन गरि सीसी क्यामेरा जडान कार्यलाई निरन्तरता दिइने छ ।

‘बजारमा सीसी क्यामेरा राखेपछि आपराधिक गतिविधिमा उल्लेख्य कमी आएको छ’ वडा अध्यक्षकाे दाबी रहेकाे छ । उनी भन्छन्,‘बजारमा सीसी क्यामेरा राखेपछि आपराधिक गतिविधिमा उल्लेख्य कमी आएको छ । सीसी क्यामेरा भएकाले अपराधिक मानसिकता भएकाहरु सचेत बनेका छन्।’ सीसी क्यामेर जडान भएपछि वडावासीको शान्ति सुरक्षामा सहयोग पुगेकाे उनको भनाइ छ ।

नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुतिका लागि आफु सधै चिन्तित रहेको उनले बताए । राजमार्गमा हुने सडक दुर्घटना न्युनिकरण र अपराधिक क्रियाकलाप निरुत्साहित गर्न सीसी क्यामेरा जडान गरिएको वडा कार्यालयले जनाएको छ । क्यामराको कन्ट्रोल अस्थाइ प्रहरी चाैकी इट्टाभटाले गरेकाे छ । प्रहरीले २४ घण्टा राजमार्ग, बजार र संवेदनशिल क्षेत्रको निगरानी गरेको छ।

प्रतिकृया दिनुहोस्