रातोपोस्ट संवाददाता
काठमाडौं, ३० भदौ । सडक दुर्घटनामा परी परी नेकपा (एमाले) निकट अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक नवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङको निधन भएको छ ।
संगठनको काममा मेलम्चीबाट बाह्रविसे जानेक्रममा बलेफीमा सडक दुर्घटना हुँदा उनीहरुको निधन भएको हो । उनीहरु सवार मोटरसाईकललाई ट्याङ्करले ठक्कर दिएको थियो । ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।