News Portal

  • एसबी निकेतनमा ५१ वटा इभेन्ट प्रस्तुत

    रातोपोस्ट संवाददाता
    ४२६ पटक

    झापा। मेचीनगर–१ स्थित एसबी निकेतन अंग्रेजी विद्यालयले शुक्रबार बृहत खेलकुद कार्यक्रम सम्पन्न गरेको छ ।

    सो विद्यालयको खेल मैदानमा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर वडा नम्बर १ का अध्यक्ष पासाङ तामाङले गरेका थिए ।

    कार्यक्रम उद्घाटनका क्रममा प्रमुख अतिथि तामाङले विद्यार्थीका अन्र्तनिहीत खेल प्रतिभा प्रस्फुटन गराउन खेलकुद कार्यक्रमले सघाउ पुर्याउने बताए ।

    सो अवसरमा मेचीनगर १ नम्बर वडा खेलकुद समिति संयोजक रामकुमार राई, सञ्चारकर्मी दीपक बराललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    त्यसक्रममा मेचीनगर १ नम्बर वडा सदस्य सीता विक, समाजसेवी हरिचरण चौंलागाईं, मेचीनगर मूल कृषक समूहका अध्यक्ष पूर्णबहादुर खड्का,

    इनोभेटिभ युथ सोसाइटीका अध्यक्ष पूर्ण देवान, कृष्ण सुवेदी, किशोर दुलाललगायतको आतिथ्यता थियो ।

    विभिन्न खेल विधाका प्रशिक्षकहरुको सहभागिता रहेको कार्यक्रममा विद्यार्थीहरुले विविध खेलका ५१ वटा इभेन्ट प्रस्तुत गरेका विद्यालयले जनाएको छ ।

    विद्यालयका प्रिन्सिपल समेत रहेका खेलकुद कार्यक्रम संयोजक मञ्जिल श्रेष्ठले अध्ययनसँगै खेल क्षेत्रमा समेत अब्बल बनाउन विद्यार्थीलाई खेलकुदतर्फ आकर्षित गरिएको बताए ।

    मार्चपास, ड्रिललगायत खेल सम्बन्धी कला कौशल प्रस्तुत गरेका विद्यार्थीहरुले अतिथि वर्ग एवं दर्शकका रुपमा सहभागी आफ्ना अभिभावकहरुलाई पिटि खेलमार्फत स्वागत गरेका थिए ।

    विद्यालयका संस्थापक हिम्मत क्षेत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत शिक्षक गौतम राई र सञ्चालन निर्देशक दिपेश खड्काले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)