News Portal

सूर्यग्रहण : प्रदेश १ का निजी विद्यालय बन्द आह्वान

रातोपोस्ट संवाददाता
९४९ पटक

इटहरी : प्रदेश नम्बर १ का निजी विद्यालय बन्द गर्न आह्वान गरेको छ। बिहीबार सूर्यग्रहण लाग्ने भएकाले विद्यालय विदा गर्न प्याब्सन प्रदेश न १ कार्यसमितिले आह्वान गरेको हो।

बिहीबार ११:३० सम्मको सूर्यग्रहणले १२ बजेसम्मको प्रकाश विकिरणयुक्त हुने भएकाले विद्यार्थी र शिक्षकलगायत विद्यालय सम्बद्ध सबैमा असर पर्ने भन्दै बन्द गर्न आह्वान गरेका हुन्।

प्याब्सनका साथै धरान उपमहानगरपालिकाले पनि सूर्यग्रहण लाग्ने कारण देखाउँदै नगरभरका सबै शिक्षण संस्था बन्द गर्न सूचना जारी गरेको छ।

प्रतिकृया दिनुहोस्