News Portal

बस दुर्घटनामा परी भारतमा ६ नेपालीको मृत्यु

रातोपोस्ट संवाददाता
६९१ पटक

तामिलनाडु।भारतको तमिलनाडुमा बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु भएको छ। भारतीय अनलाइन द न्युज मिनेटका अनुसार सडकमार्ग हुँदै कन्याकुमारीबाट राजस्थान जाँदै गरेको दुई बस ठोक्किएपछि दुर्घटना भएको थियो।

दुर्घटना भएको बसमा ३४ जना नेपाली रहेको बताइएको छ। बस चालकले बस मोड्न खोज्दा अर्को लेनबाट आएको बससँग ठोक्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको छ।

प्रतिकृया दिनुहोस्