News Portal

बुद्धशान्ति प्रेस क्लवको अध्यक्षमा वाग्ले

रातोपोस्ट संवाददाता
१०७८ पटक

झापा। झापाकाे बुद्धशान्ति गाँउपालिकामा आज बुद्धशान्ति प्रेस क्लव गठन भएकाे छ। बुधबारेमा सम्पन्न भएकाे अधिबेशनबाट अध्यक्षमा अनिल वाग्ले चुनिएका छन् ।

नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ भने समितिको उपाध्यक्ष आयुस निरौला, सचिबमा दिपेन लावती, सहसचिबमा रोशन भट्टराई, कोषाध्यक्षमा नबिना कुईकेल र सदस्यहरुमा तिर्थ तिम्सिना, भारती राई, दिपेन बिक र नर्बदा चापागाईं रहेका छन् ।

अधिवेशनले उमाकान्त खनाल , टंक काफ्ले (बिकल्प) र गङ्गा राम गड्तौला रहेको तीन सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको उपाध्यक्ष निरौलाले वताएका छन् ।

बुद्धशान्ति गाँउपालिका पत्रकारहरुको हकहितका लागि सो क्लव गठन गरिनुका साथै विभिन्न सामाजिक गतिविधि सञ्चालन गरिने अध्यक्ष वाग्ले जानकारि दिएका  छन् ।

प्रतिकृया दिनुहोस्