रातोपोस्ट संवाददाता
![](https://ratopost.com/wp-content/themes/ratopostv2/images/1px.gif)
झापा। मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुण्डाँगी जेसीजको आयोजनामा साताव्यापी महोत्सव फागुन १७ देखि २३ गतेसम्म सञ्चालन भई रहेको छ ।
महोत्सवको छैटौं दिन आज सुगम संगीतका लोकप्रिय गायक प्रमोद खरेल र कमेडी च्याम्पियनका चर्चित कमेडियन सुमन कोइराला आउने भएका छन् ।
साथमा स्थानिय कलाकारहरुको प्रस्तुती रहने बाहुनडाँगी जेसीज सन् २०२० का उपाध्यक्ष देबु बानियाले जानकारी बताए ।
महोत्सवमा ग्रामिण संस्कार, संस्कृति, रहनसहन, रीतिरिवाजलगायत विभिन्न जातिय परिकार, संस्कृति तथा पर्यटन, व्यवसायिक, जनचेतनामूलक ४० वटा स्टल रहेको महोत्सव आयोजक समितिका संयोजक प्रविण भण्डारीले जानकारी दिए ।