News Portal

कोरोना भाइरसबाट अमेरिकामा मर्नेको संख्या १२ पुग्यो

रातोपोस्ट संवाददाता
९७० पटक

एजेन्सी : संयुक्त राज्य अमेरिकामा कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणबाट मर्नेको संख्या १२ पुगेको छ। बिहीबार अबेरसम्ममा भाइरस संक्रमणबाट मर्नेको संख्या १२ पुगेको हो।

वासिङटन राज्यको किङ काउन्टीका अनुसार उक्त १२ मध्ये ११ जना वासिङटन र १ जना क्यालिफोर्निया राज्यमा संक्रमितको ज्यान गएको हो।

यसैगरी अमेरिकाभर अहिले २३३ जनामा संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। तीमध्ये ८ जना निको भई घर फर्किएका छन्।

यसैगरी इटलीमा मर्नेको संख्या १४८ पुगेको छ भने ३,८५८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै दक्षिण कोरियामा ६,२८४ जनामा संक्रमण पुष्टि हुँदा ४० जनाले ज्यान गुमाइसकेका छन्।

गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोभिड–१९ बाट विश्वभर ९८,३७० जना संक्रमित भएको पुष्टि भइसकेको छ। जसमध्ये ३,३८३ जनाले ज्यान गुमाइसकेका छन्। साथै ५५,४१८ जना निको भएका छन्।

प्रतिकृया दिनुहोस्