News Portal

आगलागीबाट १० लाख बढीको क्षती

रातोपोस्ट संवाददाता
१६६७ पटक

झापा । हल्दिवारी गाउँपालिका साविक गोलधाप ७ मा सोमबार बिहान आगलागी हुँदा १० लाख रुपैयाँ मूल्य बराबरको क्षती भएको छ ।

आगलागीका कारण स्थानीय हेमबहादुर दाहालको सो मूल्य बराबरको धनमाल नस्ट भएको १ नम्बर वडा अध्यक्ष त्रिलोचन सापकोटाले बताए ।

अध्यक्ष सापकोटाका अनुसार भान्सा घर र गोठमा लागेको आगो भद्रपुर र विर्तामोडबाट पुगेको दमकलले नियन्त्रणमा लिएको थियो ।

स्थानीयवासी र प्रहरीको समेत सहयोगमा आगो नियन्त्रणमा लिएका कारण आसपासका अन्य घरहरू क्षती हुनबाट जोगिएका बताइएको छ ।

प्रतिकृया दिनुहोस्