News Portal

पाेकेहरु सहर फर्किएनन्,भने-विपि विद्रोही

रातोपोस्ट
९१५ पटक

पोकेहरु शहर फर्किएनन भने
**************
सपना
सपनाले मान्छेलाइ धेरै घुमाउछ
धेरै थकाउछ
कहिले आकासमा उडाउछ
कहिले धर्तिमा पछार्छ

गाउको घर…
बार्दलिमा सालको खाटमा पल्टिदै देखेको
शहरको चिसो भुइँको न्यानो सपना !
पाच सय कमाउनेले आठ सय कमाउने सपना
सरकारी पढाउने ले बोर्डिङ पढाउने सपना
हेल्परहरु मिस्त्री बन्ने सपना
मिस्तृहरु ठेकेदार बन्ने सपना
साच्चै सपनाले मान्छेलाइ रुवाउछ
भक्कानिएर रुने मन
पिलपिल बग्ने आँसु
आधिबेरी जस्तै आउने आक्रोश
एउटा सपना नै हो
यो सपना मात्र सपना होइन
बाध्यता हो ! बिबशता हो
कहर हो
नियम हो ! नियती हो
यो आफैमा बिद्रोह हो ।

अशातित मनको भिर्ने झोलामा बोकेर
केही थान रहरहरु
केही पोका सपनाहरू
एक डब्बा भबिस्य खोज्न
शहर छिरेका अमान्छे हरु
अशान्त हिर्दयको अपुस्ट जेब्रा झोलामा कोचेर
बाध्यता का पोकाहरु
बिबसताका कुन्तुराहरु
आक्रोश र पिडाका झोलाहरु झुण्ड्याउदै
फर्किरहेको यो दृश्यहरु
त्यहि सपना हो
त्यही बिबशता हो
उहि बाध्यता हो
आक्रोश र पीडा हो
बस्तबमा त्यो एउटा बिद्रोह हो।
खलासिहरु डाइभर बन्ने सपना
डाइभरहरु साहु बन्ने सपना
साहु बनेर मालिक बन्ने सपना
उहीँ लाभा ,प्युपा र पुतली जस्तो
उही जिबनचक्र जस्तो सपना
पृथ्वी घुमेजस्तो घुमिरहने पीडा
मेघ गर्जे जस्तै गर्जिने आक्रोश
घाम झुल्केजस्तै झुल्कने बिद्रोह।

हुन त सपनाले सबैलाइ कहाँ पठाएको छ र ?
रुदै जेब्रा झोला बोकाएर
सपनाहरु पनि त यहाँ पक्षपाती छन
कसैलाइ सपनाले
पेटि ठेकेदार बाट देश बेच्ने ठेकेदार बनायो
कसैलाइ टोले गुण्डाबाट
सरकारी ठेकेदार बनायो
सपना पनि पक्षपाती छ याहा
श्रम गर्नेहरुलाइ सधै दास बनाइने
ठगहरुलाइ सधै मालिक बनाइने

ए शहर त कुत्कुतिदै नहास भित्रभित्रै
खिसिटिउरी गर्दै जिब्रो नचुकचुका
तेरो राहतको पोकाले नजिस्का
यी मान्छेहरु खान नपाएर भागेका होइनन
यो तेरो विरुद्धको भयङकर बिद्रोह हो
यिनै मान्छेहरुले नै हो
तेरो शहरलाइ हराभरा बनाएको
तेरो पेटलाइ टुनटुन बनाएको
यी मान्छे बिना तेरो सास हराउछ
तेरो अस्तित्व मेटिन्छ ?

तलाइ आजभोली लाग्दो हो
नाम्लेहरु , भरियाहरु
पालेहरु नजिकै नपरे हुन्थ्यो
झुत्रेहरु देख्नै नपरे हुन्थ्यो
मैला लुगा लगाउनेहरु नजिक नपरे हुन्थ्यो
साच्चै भन त शहर
डाइभरहरुबिनाको तेरो गाडि
नाम्लेहरु बिनाको तेरो भारि
मिस्तृहरुबिनाको तेरो घर
फुटपाथेहरु बिनाको तेरो भान्छा
ए ! काठमाडौ
के तेरो हैसियत छ ?
डलरमा किनेर खाने बेलायती साग
यिनै पोकेहरु बिना काहा चल्छ तेरो सास
कसरी चल्छ तेरो शहर ?
साच्ची भन त ए शहर
यी पोकेहरु फर्किएनन भने के हुन्छ
तेरो हालत
के रोक्ने आट छ
त भित्र अलिकती पनि लुकेको छ ?
सदासय ?

यी पोकेहरु तयार छन
आफ्नै सपनासग गर्न दरिलो बिद्रोह गर्न
त सगमात्र होइन
यिनिहरु आफैसग बिद्रोह गर्न तम्सिएका हुन
गाउँ फर्किने सपना
पुरानै लुगा लगाउने सपना
पुरानै गित गाउने सपना
खतरानाक हुन्छ तेरो लागि
हेर् त बाउन्न तिर उसैगरी पोकेहरु
गाउँ पस्दा के भएको थियो ?
उहि राकों बालेर
अहि अस्त्र बोकेभने के हुन्छ ?

सक्छस भने भाइरसलाइ डाडो कटा
तेरो सास धानेका यी मान्छेहरुलाइ नधपा ।

बि पि बिद्रोही २०७७/१/३

प्रतिकृया दिनुहोस्