News Portal

मुस्लिम आयोगले भन्यो- ‘मस्जिद र मदरसामा जमातीहरू लुकेर बसेका छैनन्’

रातोपोस्ट संवाददाता
५४७ पटक

काठमाडौं। मस्जिद र मदरसामा जमातीहरू लुकेर नबसेको राष्ट्रिय मुस्लिम आयोगले बताएको छ।

मुस्लिम आयोगको कार्यालयमा आज भएको सर्वपक्षीय छलफलले कुनैपनि मस्जिद र मदरसाहरूमा जमाती लुकेर नबसेको निष्कर्ष निकालेको हो।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालको सद्भावमाथि खलल पुर्‍याउने तत्वहरूले सामाजिक सञ्जालमा जमातीहरू लुकेर बसेको आरोप लगाएको बताए।

यस अघि नै कुन ठाउँमा कति जमाती रहेका छन् भन्ने कुराको जानकारी गृह मन्त्रालय र प्रत्येक जिल्ला प्रशासन कार्यालयहरूमा दिइएको पनि उनले बताए।

आयोगको सर्वपक्षीय छलफलले मस्जिद र मदरसा रहेका जिल्लामा अनुगमन गर्न प्रतिनिधिमण्डल बनाउने निर्णय पनि गरेको  छ।

प्रतिनिधिमण्डलले मदरसा र मस्जिद रहेका जिल्लामा हुने अनुगमनमा प्रहरी र जिल्ला प्रशासन कार्यालयहरूलाई सहयोग गर्ने उनले बताए।

मुलुक कोभिड-१९ संक्रमणको जोखिमसँग लडिरहेका बेला विभिन्न मुद्धा बनाएर जातिय द्वन्द फैलाउने काम भएकोप्रति आयोगले आपत्ति समेत व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्