News Portal

जन्मदिन विशेष

प्रविण अधिकारी
२१८२ पटक

यतिबेला विश्व मानवजगत COVID-19 (काेराेना भाइरसका)कारण आतंकित बनेको छ।यहि माैकामा राजनितीक दलका केही नेताकार्यकर्ता सस्तो लाेकप्रियताका लागि दाैडधुप गरिरहेका छन्,भने सत्तामा रहेकाहरु सत्ताकाे भत्ता खाएर भत्ताको महिमत्ता भनेझैं उल्टै राज्यको सम्पत्ति लुटिरहेका छन्,। काेहि यस्ता ब्यक्ति पनि छन्,जसले कसैले नजर पुर्‍याउन नसकेको ठाउँमा रहेर सयौं सडक मानिसलाई निरन्तर सेवा गर्दै आइरहेका छन्।न कुनै स्वार्थ ,यात बाध्यता ।
जसको आत्मामा यति ठुलो मानवीयता छ।उनी हुन अनुसन्धान अनलाइनका सञ्चालक एवम् सञ्चारकर्मी खगेन्द्र घिमिरे ।आज उनको जन्मदिन विशेष । माेरङकाे पथरीमा पिता महेन्द्र घिमिरे तथा माता शाेभा घिमिरेको काेखबाट २०४८ साल बैशाख २३ गते जन्म लिएका उनै घिमिरे अहिले झापाका चर्चित सञ्चारकर्मी मात्रै नभएर सडक मानिसका लागि भगवान बन्न सफल भएका छन्,।


यतिबेला कोरोना भाइरस का कारण विश्वभरको जनसंख्या तनावग्रस्त जिन्दगी जिउन बाध्य छन्। यसमा कुनै दुबिधा छैन। तर विश्वको यतिधेरै जनसंख्या कोरोनासँग डराएर बाँचिरहँदा यहि संसारमा यस्ता पनि मानिस छन ।
जो एकछाक खान समेत नपाएर भाेकभोकै सडकपेटिमा छटपटाइरहेका छन्, । अनि कसैले उनीहरुको लागि केही उपलब्ध गराउन सकेको छैन्।
मानसिक सन्तुलन गुमाएका र सहरका सडकपेटिलाई आफ्नो बासस्थान बनाएका उनिहरुलाई न कुनै रोगको प्रवाह छ,न कुनै पनि खाले प्राकृतिक विपत्तिको,प्रवाह छ।छ त केबल भोकको प्यासको बस यति मात्रै ।

पहिलाको अवस्था


अाफैँले भाेट हालेर जिताएर पठाएका नेताले तिनै भाेट हाल्ने जनतालाई त राहत उपलब्ध गराउन सकेका छैनन् ,भने सडकपेटिका ,मानसिक सन्तुलन गुमाएकाहरुलाई नेता ज्युहरुले चिन्ने कुरै भएन ,तिनिहरुलाई राहत दिने त परैकाे कुरा देखेर छिछि दुर्दुर गर्छन्,।उनिहरुलाई लाज हुन्छ ,इज्जत जान्छ झैँ गर्छन् ।
तर बिना हिचकिचाहट न कुनै घिण ,न लाज,न कुनै स्वार्थ बस सबैभन्दा ठुलो मानवियता हो भन्ने बुझेका सञ्चारकर्मी घिमिरे सडक मानिसको उद्धारमा निरन्तर लागिरहेकाे देख्दा उहाँको तारिफ गर्न कुनै कन्जुस्याइँ गर्नु हुँदैन भन्ने लाग्छ।हुन त उनले सडक मानिसलाई उद्वार गर्दै गर्दा धेरै बाधा समेत भएको थियोे भने केही जनप्रतिनिधिहरुकाे निद नै हराम भएको थियोे ।तरपनि घिमिरेले निरन्तर उनिहरुकाे सेवा गरिरहे।

पछिल्लो समय उनको खराे रिपोर्टिङ ,निस्पक्ष पत्रकारिताका कारण परिचित रहेका उनी एउटा पत्रकार मात्रै होइनन् ,भन्ने उनको पछिल्लो कार्यले बताएको छ।एउटा पत्रकारमा कलम चलाउने बाहेक अन्य कामै हूँदैन भन्नेहरुका लागि गतिलो झापड हान्न सफल भएका छन्,उनी।
सरकाले लकडाउनको घोषणा गरिसकेपछि सहरबजार देखि सडक सबै सुनसान छन्,।यतिबेला यसको प्रत्यक्ष अप्रत्यक्ष रुपमा ठुलो असर गरिब तथा बिपन्न बर्गलाई परेको छ । पहिलो दिनको सुरु सँगै संचारकर्मी घिमिरे अभियन्ता भएर निस्किए । भोलि पल्टै बाट त्यो टिम गाउँ पस्यो ,तर रित्तो हात होइन । साथमा एक परिवारलाई पुग्ने खाद्यन्न लगायतको सामान लिएर ।


दैनिक ज्यालादारीमा काम गर्नेहरुको परिवार पनि बिचल्लीमा छन्। ती सडकमा रहेका कयौं मानिसहरुको बेहाल अवस्था छ। यी पेटहरु लाई केही मिलोस भन्ने उदेश्यका साथ गाउँ छिर्दा पानीमा नुन हालेर भोक मेटाउने परिवार पनि भेटिएको घिमिरेले बताउँदा म आफैंले आँसु थाम्न सकिन । हाल सम्म यो अभियानमा देश तथा बिदेशबाट धेरै सहयोगि दाताहरुले सहयोग समेत गर्नुभएको रहेछ।
कम्तिमा हामी त डरका बाबजुद जेनतेन २ छाक खाएकै छौँ,हामी घरभित्र छौँ । तर उनिहरुमा लकडाउनले अझै ठुलो असर गरेको छ,जसको घरनै सडकपेटि हो। अनि गाउँमा जो भोका छन । भोकले लखतरान भएर रोहि रहेका छन्,। उनिहरुका लागि यो अभियान सुरु गरेर धेरै भाेका परिवारहरुकाे पेट भर्न सफल घिमिरेलाई हामीले एउटा पत्रकार भन्दा पनि महान समाजसेवीका रुपमा पाएका छाैँ।
जसले सबै डर त्रास त्यागेर सडक मान्छेकाे सेवामा निरन्तर लागिरहेका छन्। कोहि नहुनेका भगवान हुन्छन् ,यो भनाइ सुन्दा अचम्म लाग्नु स्वभाविक हो ।तर कोहि नहुनेका भगवान हुन्छन् ,भन्ने उदाहरण बनेका छन्, यतिबेला झापाका सञ्चारकर्मी खगेन्द्र घिमिरे । अनुसन्धान अनलाइनका सम्पादक तथा सञ्चालक घिमिरे यतिबेला सडकमा समाचार तयार पार्न मात्रै दौडिँदैनन्। उनी र उनको टिम सचिन न्यौपाने ,नरेश मोहरा यस्तै गरिब ,असहाय ,अनाथ र मानसिक सन्तुलन गुमाएका सडक मान्छेहरुको सेवामा छन्।


संचाकर्मी घिमिरे र न्यौपाने सँगको सहकार्यमा सुरु भएको अभियान अहिले झापामा एक गतिलो उदहारण बनेको छ । सञ्चारकर्मी घिमिरेकै विशेष पहलमा ९ जना सडक पेटिमा रहेका आमाहरुलाई उद्दार गर्न सफल भएको कुरा झनै तारिफ याेग्य छ।

अहिलेकाे अवस्था


दिनदुखि र कोहि नभएका हरुको लागि भगवान बनेका यी सञ्चारकर्मीहरुलाई सबैले सकेको साथ सहयोग गर्ने हो भने सडकपेटिका मानिसपनि भोकले मर्ने थिएनन् ।झापाको यो कार्यले जनप्रतिनिधिहरुलाई गतिलो झापाड त दिन्छ नै ।

त्योभन्दा बाहेकका अन्य जिल्लामा रहेका यस्ता मान्छेहरुलाई सम्बन्धित जिल्लामा रहेका सञ्चारकर्मीले समेत उनीहरुलाई साथ दिनु पर्ने हुन्छ । यसले पूर्ण संचार जगतमा राम्रो सन्देश दिएको छ।यी महान समाजसेवी,सडक मानिसका भगवान तथा सञ्चारकर्मी खगेन्द्र घिमिरेलाई जन्मदिनको हार्दिक शुभकामना ।तपाईंको यो मानवियता अझै उच्च भएर जावस सफलताकाे शुभकामना।

प्रतिकृया दिनुहोस्