News Portal

विप्लवका झापा जिल्ला इन्चार्ज पाैडेल रिहा लगत्तै पुन: पक्राउ

रातोपोस्ट संवाददाता
१०२६ पटक

झापा। नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन झापा जिल्ला इन्चार्ज तथा मेचिकाेशि ब्युराे कार्यालय सचिव सुमनसिंह पाैडेल रिहाइ भए लगत्तै पुन पक्राउ परेका छन्।

आज झापा जिल्ला अदालतले तोकेको २ लाख २५ हजार रुपैयाँ धरौटी रकम बुझाएर रिहाइ भएका पौडेललाई प्रहरीले अदालत परिसरबाटै पुनः पक्राउ गरि सुनसरी लगेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका मेची कोशी व्युरो ईन्चार्ज उमा भुजेल शिलुसंगै गत पुस १२ गते सुनसरीको चक्रघट्टीबाट गिरफ्तार परेका पाैडेललाई जिल्ला अदालत सुनसरीले जनही १०/ १० हजार धरौटीमा रिहा गरेको थियोे ।

इजलास नम्बर २ मा भएको थुनछेक बहसपछि जिल्ला न्यायधिस धर्मराज पौडेलको एकल इजलासले नेतृ शिलु र पौडेललाई धरौटीमा रिहा गरेपनि उनीहरुलाई प्रहरीले पुनः पक्राउ गरी झापा ल्याएको थियोे । यसअघि पुस १२ गते प्रदेश १ प्रहरी र विशेष ब्यूरो संयुक्त टोलीले भुजेल र सचिव पौडेललाई सुनसरीबाट पक्राउ गरि विस्फोट सम्बन्धी मुद्धा चलाएको थियो ।

प्रतिकृया दिनुहोस्