News Portal

क्वारेन्टाइनमा बसेका मजदुरलाई खाना खुवाउँदै जेसिज

रातोपोस्ट संवाददाता
४५९ पटक

झापा, जेठ २८। बाहुनडाँगी जेसिजले झापाकाे मेचीनगर–४ का विभिन्न विद्यालयका क्वारेन्टाइनमा बसेका ३२ जना व्यक्तिलाई १५ दिनदेखि खाना खुवाइ रहेको छ ।

भारतका विभिन्न ठाउँबाट मजदुरी गरेर घर फर्किएर क्वारेन्टाइनमा बसेका उक्त व्यक्तिहरुलाई जेसिजले खानाको व्यवस्थापन गरेको हो ।

बाहुनडाँगी जेसिजका अध्यक्ष सागर कार्कीका अनुसार सरस्वती माविको क्वारेन्टाइनका १९ र पशुपति माविको क्वारेन्टाइनका १३ जनालाई खानाको व्यवस्थापन गर्दै आएको छ ।जेसिजले आवश्यक खाद्यान्नको जोरजाम गरेर सोहि ठाउँमा रहेको क्यान्टिनमा पकाएर खुवाउँदै आएको छ ।

केहि दिनअघि मात्रै मेचीनगरमा देखिएको पहिलो कोरोनाका व्यक्ति पनि पशुपती माविको क्वारेन्टाइनमा थिए । शाखाका सदस्यहरुबाट रकम संकलन गरेर खानाका लागि व्यवस्थापन गरिएको बाहुनडाँगी जेसिजका कार्यकारीणी उपाध्यक्ष देबु बानियाँले बताए । क्वारेन्टाइनमा खानाका लागि हालसम्म ७० हजार रुपैयाँ खर्च भएको अध्यक्ष कार्कीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्