News Portal

थप ३७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४६ सय ५१ पुग्यो

रातोपोस्ट संवाददाता
८८१ पटक

काठमाडौं, जेठ ३०। नेपालमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशका चार जिल्लामा नयाँ संक्रमित फेला परेका हुन्।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा शुक्रबार बिहान ६:१५ बजे जारी सूचना अनुसार पर्वतमा १३ जना, स्याङ्जामा २२ जना, तनहुँमा १ जना, नवलपरासी पूर्वमा १ जनामा संक्रमण पुष्टि भएको हो। उनीहरु सबै पुरुष रहेको सूचनामा उल्लेख छ।

योसँगै गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ।
नेपालभर संक्रमितको संख्या ४६ सय ५१ पुगेको छ।

प्रतिकृया दिनुहोस्