News Portal

पर्वतको कुश्मामा पहिरो, ३ जनाको ज्यान गयो

रातोपोस्ट संवाददाता
८४५ पटक

पोखरा । पर्वतको कुश्‍मा नगरपालिका-३ दुर्लुङमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ । पहिरोमा परी ६ जना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पहिरोमा परी मृत्यु हुनेमा कुश्मा – ३ काफलचौरका ५२ वर्षीय तुल बहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मिनकुमार थापा र उनकी नातिनी ८ वर्षीय बिबिसा थापा रहेको प्रहरीले जनाएको छ । उक्त पहिरोमा परी दुईवटा घर पुरिए छन् भने एउटा घरमा क्षति पुगेको छ । शनिबार साँझदेखि परेको वर्षाका कारण राति राति ९ बजे अचानक पहिरो गएको थियो ।

अहिले जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीको कमाण्डमा खटिएको १५ जनाको टोली, नेपाली सेनाको सेनानिको कमाण्डमा १५ जना र ससस्त्र प्रहरी बलबाट प्रहरी निरीक्षकको कमाण्डमा १५ जनाको सयुक्त टोली खटिएर उद्धार कार्य भइरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्