News Portal

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १,१९२ पुग्यो

रातोपोस्ट संवाददाता
६४५ पटक

पोखरा, असार २८ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना भाइरस संक्रमित फेला परेको छ । पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणबाट आइतबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार तनहुँमा ६ जना, पर्वत, बागलुङ र लमजुङमा दुई–दुई जना, नवलपुर (बर्दघाट सुस्तापूर्व), स्याङ्जा र गोरखाका एक–एक जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार थपिएका १५ जनासहित गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार १९२ जना पुगेको छ । जसमध्ये ७३६ जना भने डिस्चार्ज भइसकेका छन् ।

प्रतिकृया दिनुहोस्