News Portal

कर्मचारी गिरोहकै कारण पोखरा महानगरमा टिक्दैनन् कार्यकारी

रातोपोस्ट संवाददाता
५५९ पटक

पोखरा, श्रावण ८ । महानगरपालिकामा कर्मचारीतन्त्रको हावी छ । महानगरभित्र कर्मचारी गिरोह सक्रिय हुँदा प्रमुख कार्यकारीको केही चल्दैन र कुनै पनि प्रमुख प्रशासकीय अधिकृत टिक्न सक्दैनन् । कार्यकारीले सम्पूर्ण जिम्मा आफैं लिन खोज्छन् जुन निजामती कर्मचारीले हुन दिँदैनन् । जसले त्यो सिस्टम परिवर्तन गर्न खोज्यो ऊ त्यहाँबाट सरुवा हुन्छ ।

त्यस्तै कारणले नै पोखरा महानगरपालिकाको प्रत्येक महिनामा प्रशासकीय प्रमुख परिवर्तन हुने गर्छन् । देश संघीयतामा गएपछि स्थानीय तहको निर्वाचनपश्चात पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसी छन् । उनकै कार्यकालमा ६ जना प्रशासकीय प्रमुख परिवर्तन भएका छन् । उक्त समयावधिमा एक जना प्रमुख प्रशासकीय एक वर्षबाहेक अरु भने महिना दिनमै परिवर्तन हुने गरेका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिकृया दिनुहोस्