News Portal

सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी अर्याललाई

रातोपोस्ट संवाददाता
३८२ पटक

काठमाडौं, साउन ११ । सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याल तोकिएका छन्। अर्याललाई आइतबार प्रवक्ताको जिम्मेवारी दिइएको हो । प्रवक्ता प्रविणकुमार श्रेष्ठ पशुपति बाहिनी उपत्यकामा सरुवा भएपछि रिक्त स्थानमा अर्याललाई सरुवा गरिएको जनाइएको छ ।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचार तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयमा सूचना प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक अर्याललाई मोबाइल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने बलले स्पष्ट पारेको छ।

प्रतिकृया दिनुहोस्