News Portal

शिवसताक्षी वडा परिषद्को अध्यक्षमा तुम्बापो

रातोपोस्ट संवाददाता
१४२३ पटक

झापा, साउन १२ । नेपाल आदिवासी जनजाति महासंघको वडा समन्वय परिषद् शिवसताक्षी नगर- ३ को अध्यक्षमा बालकुमार तुम्बापो सर्वसम्मत निर्वाचित भएका छन् । पारावारीमा सोमबार आयोजित परिषद्को प्रथम सम्मेलनबाट तुम्बापो अध्यक्षमा सर्वसम्मतले निर्वाचित भएका हुन ।

सम्मेलनको बन्द सत्रले परिषद्को उपाध्यक्षहरुमा यामकुमार गुरुङ, पविमाया भुजेल तथा सुमित्रा श्रेष्ठलाई निर्वाचित गरेको हो । त्यस्तै, सचिवमा गणेश राई, सहसचिवमा ओमकुमार ताजपुरिया तथा कोषाअध्क्षमा सुर्जाकला मगर निर्वाचित भएका हुन ।

परिषद्को सदस्यहरुमा सुफल मुर्मु , सनिश्चर चौधरी, र उदय देवान चयन भएका छन् । सम्मेलनको उदधाटन सत्रमा प्रमुख अतिथि महासंघ शिवसताक्षी नगर अध्यक्ष मणि कुमार माझी, वडा नम्बर ३ का अध्यक्ष पूण्यप्रसाद सापकोटा, किरायाप्राकासका सचिब तथा नेकपा वार्ड -३ का ईन्चार्ज सञ्जय राईलगायतले सम्मेलनमा शुभकामना दिएका थिए ।

सम्मेलन आयोजक समितिको अध्यक्ष नवीन लामाको अध्यक्षतामा भएको कार्यक्रमको उदधाटन रुपमा प्रमुख अतिथि माझीले महासंघले आफ्ना हक अधिकार सुनिश्चितताका लागि राज्यसग माग गर्ने बताए ।

कार्यक्रममा वडाका अध्यक्ष सापकोटाले जनजाति महासंघलाई वडा स्थरमा बजेटको कुनै कमी हुन नदिने प्रतिबद्धता ब्यत्त गरे । त्सतै अर्का अतिथि किरायाप्राकासका सचिब राईले आदिबासी जनजाति महासंघले आफ्नो भाषा,लिपि, संस्कृती, अधिकार र पहिचानको निम्ति सधैँ एक भएर लडिरहने बताए ।

सुमित्रा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत मणिकुमार लिम्बूले गरेका थिए ।

प्रतिकृया दिनुहोस्