News Portal

मास्क नलगाई हिड्नेलाई अब सय रुपैयाँ जरिवाना

रातोपोस्ट संवाददाता
७०२ पटक

झापा, श्रावण १४ । सार्वजनिक स्थलमा रहँदा वा हिड्डुल गर्दा माक्सको प्रयोग नगर्ने व्यक्तिलाई अब झापामा एकसय रुपैयाँ जरिमाना लिने भएको छ ।

बुधबार कोभिड १९ संक्रमण नियन्त्रण जिल्ला स्तरिय समितिको बैठकले मास्क नलगाई हिड्नेलाई एकसय रुपैयाँ जरिवाना लिने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएको आशंकासंगै यो निर्णय गरिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।

उनले स्वास्थ्य सुरक्षाका बिषयमा थप कडाइ गर्नुपर्ने अवस्था आएको भन्दै मास्क नलगाउनेलाई एकसय रुपैयाँ जरिवाना लिने निर्णय गरिएको बताए।

जरिवाना लिने जिम्मा नेपाल प्रहरीलाई दिइएको उक्त रकम राजश्वमा जम्मा गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी राईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्