झापा, साउन १५ । झापाका मेचीनगर-७ का एक युवाले बिहीबार आफ्नो जन्मदिन जागृत बाल उद्दार केन्द्रका बालबालिकाहरुसँग मनाएका छन् ।
सामाजिक क्षेत्रमा सक्रिय युवा सन्तोष खवासले काँकरभिट्टास्थित सो केन्द्रमा आश्रित बालबालिकाहरुसँग आफ्नो जन्मदिन मनाएका हुन् । त्यसक्रममा उनले ‘वर्थ डेको केक’ काटेर बालबालिकाहरुलाई खुवाए र भोजन समेत गराएका थिए । जन्मदिनको शुभकामना आदान प्रदानपछि खवासले केन्द्रलाई १ बोरा चामल, १ बोरा मुरई र १० केजी आलु सहयोग गरेका थिए ।
जन्मदिनलाई सार्थक रुपमा मनाउन बालबालिकाहरुलाई सहयोग गरिएको र भावी दिनमा समेत यो क्रमलाई निरन्तरता दिईने उनले बताए ।
सो अवसरमा केन्द्रका सचिव विकास देवकोटाले खवासले गरेको पुण्य कर्मले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको प्रतिक्रिया दिए । उक्त कार्यक्रममा सहभागी युवा समाजसेवी मिलन विश्वकर्माले जन्मदिन मनाउने खवासको शैलीको प्रशंसा गर्दै यो कार्य सबैका लागि प्रेरणादायी रहेको विचार व्यक्त गरे ।
सो केन्द्रमा कक्षा २ देखि ११ सम्म अध्ययनरत् ८ छात्रा र ६ छात्र आश्रित छन् ।
खवासले मनाए आश्रमका बालबालिकासँग जन्मदिन
रातोपोस्ट संवाददाता
- बैशाख २९ देखि काँकरभिट्टामा ‘दोस्रो झापा महिला प्रिमियर लिग’
- आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
- भाेलि वाइसिएल झापाको जिल्ला सम्मेलन हुँदै
- झापामा पेसागत महासघंले मनायाे मजदुर दिवस
- मेचीनगरमा आजदेखि हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट प्रतियोगिता सुरु
- मेचीनगरमा सुपर सिक्स क्रिकेट प्रतियोगिता उद्वघाटन
- थोप्लेविरानमा तीन दिने उद्घोषण तथा माइन्यूट लेखन तालिम सम्पन्न
- सुपर सिक्स क्रिकेटकाे फाइनल खेल शनिबार हुने
- बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
- दमकमा छात्रा माथि गाेली प्रहार, आइसीयुमा उपचार हुँदै