News Portal

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि

रातोपोस्ट संवाददाता
१४१४ पटक

पाेखरा, साउन १६ । गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनामा गरिएको परीक्षणमा गण्डकीमा थप ६ जनामा कोरोना पुष्टि भएको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा तनहुँमा १, कास्की ३ र म्याग्दीमा २ जना रहेका छन् । कोरोना संक्रमितहरुलाई सम्वन्धित जिल्लाको आईसोलेशन लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा शर्माले बताए ।

योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ४८५ पुगेको छ । प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ हजार २४३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

प्रदेशमा सवैभन्दा धेरै नवलपरासी पूर्वमा ३०७ जनामा संक्रमण देखिएको छ । मनाङ र मुस्ताङमा भेटिएका १/ १ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्